वातावरण संरक्षण अभिमुखीकरण समपन्न
मजदुरबस्तीमा ‘न्यानो साथ अभियान’ सम्पन्न
सात दिवशीय ‘घरेलु मैनबत्ती निर्माण सीपमूलक तालिम’ आयोजना
छठ स्थल मेची किनारमा दुई दिवशीय ‘स्वास्थ्य सचेतना कार्यक्रम’ सम्बन्धी सूचना

राष्ट्र निर्माणमा युवा सहभागिता

आउनुहोस् सहकार्य गरौं ।

हाम्रो बारेमा

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अग्रज स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरु आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रुपमा रहेको हुँन्छ जसलाई राष्ट्र निमार्णको प्रमुख स्रोत समेत मानिन्छ । तसर्थ राष्ट्र विकासका लागि युवा वर्गहरुलाई संरक्षण सहित विकासउन्मुख वातावरणको आवश्यकता पर्दछ ।


युवाहरुको एक समूहद्वारा समाजका विभिन्न भागमा रहेका युवाहरुलाई आफ्ना कर्तव्य सँगै अधिकारको युवा विकास उपयोगी कायक्रमहरु आयोजना गरी युवाहरुलार्य विकासको मुलधारमा अवतरण गराई सिंगो राष्ट्र निर्माणमा होस्टेमा हैसे गर्न सुदुर पूर्वि जिल्ला झापाको भद्रपुर नगरपालिका अन्र्तगत केहि क्रियाशील युवाहरुद्वारा आवश्यकताबोध गरी युवा विकास र संरक्षण सम्बन्धी कार्य गर्ने उद्देश्यले ‘युवा सशक्तिकरण समाज’ नामका गैर राजनैतिक, गैर सरकारी, समाजिक संस्थाको स्थापना गरिएको हो ।


उद्देश्यहरुः
(क) युवाहरुलाई राष्ट्रिय युवा नीति सम्बन्धी सूचनात्मक कार्याक्रमहरु सञ्चालन गर्ने ।
(ख) युवाहरुलाई आयमूलक सीप, तालिम तथा व्यक्तित्व विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ग) युवाहरुलाई मानव स्वास्थ्य तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।
(घ) युवाहरुलाई कुलत तथा दुव्र्यसन विरुद्ध सचेतनामूलक अभिमुखिकरण तथा पूर्नःस्थापना कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ङ) युवाहरुलाई शारीरिक तथा मानसिक विकासका लागि खेलकुद प्रतियोगिताहरु आयोजना गर्र्नेे ।
(च) सरकारी तथा गैर सरकारी निकायहरुको कार्यहरुमा सुसाशन सम्बन्धी व्यवस्था तथा खबरदारी सम्बन्धी सचेतनामूलक कायक्रमहरु सञ्चालन गर्ने ।
(छ) अपाङ्गता, एकल युवा महिला, दलित, द्वन्द्व पीडित, समाजिक पछ्यौटेपन सीमान्तकृत एवं् रोगबाट ग्रसित, अपहेलित तथा जोखिममा रहेका युवाहरुका लागि राहत, पूर्नः स्थापना तथा आत्मनिर्भर सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने ।
(ज) माथि उल्लेखित सम्पूर्ण उद्देश्य प्राप्तिका निम्ति जिल्ला स्थित सम्बन्धीत सरकारी निकायहरु, स्थानीय सरकार, क्रियाशील गैसस, बुद्धिजीवि वर्ग, सञ्चार शक्ति, भद्रभलादमी तथा समाज विकासमा हातेमालो गर्न अगाडी सरेका सम्पूर्ण युवा हातहरुसँग सहकार्य, सहयोग एवं समन्वय गर्ने ।

सूचना

सहभागिताका लागि सूचना

सहभागिताका लागि सूचना

युवा सशक्तिकरण समाजको आयोजनामा यहि मिति २०७४ श्रावण २८ गते अन्तराष्ट्रिय युवा दिवश सन् २०१७ को उपलक्...
सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ, वत्तृत्वकला प्रतियोगिता सम्बन्धी सूचना

सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ, वत्तृत्वकला प्रतियोगिता सम्बन्धी सूचना

युवा सशक्तिकरण समाजको आयोजना एवं भद्रपुर नगरपालिकाको सहयोगमा तपसिल विवरणानुसार सामुदायिक विद्यालयस्त...
रिक्त पदको लागि आवेदन दिने सम्बन्धी सूचना (२०७४/०२/२६ गते)

रिक्त पदको लागि आवेदन दिने सम्बन्धी सूचना (२०७४/०२/२६ गते)

:::  रिक्त पदको लागि आवेदन दिने सम्बन्धी सूचना ::: २०७४/०२/२६ गते, शुक्रबार युवा सशक्तिकरण समाजको ...
हार्दिक निमंत्रणा

हार्दिक निमंत्रणा

  युवा सशक्तिकरण समाज झापाको आयोजनामा यहि मिति २०७४/०२/२२ गते विश्व वातावरण दिवश को उपलक्ष्यमा ...
आर्थिक पारदर्शिताको अभ्यास

आर्थिक पारदर्शिताको अभ्यास

युवा सशक्तिकरण समाज भद्रपुर-८ झापाले मिति २०७३/१०/८ गते शनिवार, समाजका अध्यक्ष श्री साजन सुब्बाको अध...

वातावरण संरक्षण अभिमुखीकरण समपन्न

छठ स्थल मेची किनारमा दुई दिवशीय ‘स्वास्थ्य सचेतना कार्यक्रम’ सम्बन्धी सूचना

तालिम सामाग्रीहरु खरिद गर्न सामुहिक देउसी भैलो सांस्कृतिक कार्यक्रम